नियम ९
शैक्षिक योग्यता सम्बन्धी व्यवस्था
कर्मचारी बढुवा हुनको लागि ऐनको दफा २४ घ. बमोजिमको शैक्षिक योग्यता आवश्यक पर्नेछ ।
तर संवत् २०५० साल माघ १८ गते भन्दा अघि सेवा, समूह तथा उपसमूहमा वहाल रहेका कर्मचारीहरुको हकमा निजलाई त्यस्तो सेवा, समूह तथा उपसमूहमा प्रवेश गर्न तोकिएको शैक्षिक योग्यता नै यस नियमको प्रयोजनको निमित्त न्यूनतम शैक्षिक योग्यता मानिनेछ ।